एमालेको सक्रिय राजनीतिमा फर्कने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक घोषणाले नेकपा (एमाले) भित्र मात्र नभई राष्ट्रिय राजनीतिमा ठूलै तरंग ल्याएको छ । पार्टीको साधारण सदस्यता समेत त्यागेर भण्डारीले राष्ट्रपतिजस्तो गरिमामय पदमा दुई कार्यकाल बिताएकी थिइन् । मुलुकको सर्वोच्च पदमा यो पदमा पुग्ने भण्डारी नै पहिलो नेपाली महिला हुन् । राष्ट्रपति पदबाट बाहिरिएपछि प्रथमराष्ट्रपति डा. रामवरण यादवमात्र होइन, भण्डारीले पनि अभिभावकीय भूमिका निर्वाह गर्दै आएकी थिइन् । त्यसैकारण सिंगो मुलुकले उनीहरूलाई कुनै दलविशेषको नेताभन्दा पनि साझा अभिभावकको रूपमा सम्मान गर्दै आएको थियो । तर, सक्रिय राजनीतिमा आएपछि भण्डारी अब सिंगो मुलुकको नभई एमालेको मात्र नेताका रूपमा रहेकी छन् । यो घटनाले उनको राष्ट्रिय सम्मान र साझा व्यक्तित्वमाथि नै प्रश्न खडा भएको छ ।
अर्कातिर, भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा आउन दिने कि नदिने भन्ने सवालमा एमालेभित्र दुई धार देखिएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली पक्षीय नेताहरु भण्डारीलाई कुनै पनि हालतमा सक्रिय राजनीतिमा ल्याउने पक्षमा छैनन् । हिजोसम्म पक्षमा देखिएका एमालेका कतिपय नेताहरु सदस्यता नवीकरण नभएको भन्ने अध्यक्ष ओलीको अभिव्यक्तिपछि एकाएक भण्डारीको विपक्षमा उभिएका छन् । यतिमात्र होइन, अध्यक्ष ओलीलाई पुनः पार्टीमा स्थापित गर्नका लागि सत्तरी वर्षको उमेर हदको व्यवस्थासमेत हटाइएको छ । यसअघि एमाले विधानले कुनै पनि व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टी नेतृत्वको अनुमति दिएको थिएन भने ७० वर्षे उमेर हद पनि व्यवस्था थियो। विधान संशोधनमार्फत उमेर हदको व्यवस्था खारेज गरिएसँगै ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटो खुलेको छ।ओलीको लाइन प्रष्ट छ कि आगामी महाधिवेशनमा उनी पुनः अध्यक्ष पदमा उठ्ने र त्यो पनि सर्वसम्मत हुने ।
हिजोका दिनमा भीम रावलले दिएको जस्तो चुनौती यस पटक कसैले दिनु हुदैन, सर्वसम्मत अध्यक्ष आफैं हुँ भन्ने सन्देश अहिलेदेखि नै कार्यकर्ता तहमा उनी प्रवाह गर्न चाहन्छन् । अर्थात् सक्रिय राजनीतिमाभण्डारीको राजनीतिक पुनरागमनले एमालेभित्रको शक्ति संघर्षलाई थप तीव्र बनाएको छ । यसले आगामी महाधिवेशनमा एमालेभित्र दुई धार हुने अनुमान लगाउन कुनै कठिनाई छैन ।
ओलीलाई चुनौती दिन भण्डारी आफैं अघि नबढे पनि ओलीले सोचेजस्तो प्रतिस्पर्धामा कसैलाई आउन नदिएर आफैं सर्वसम्मत अध्यक्ष बन्न भने त्यति सहज देखिदैन । किनभने भण्डारी पक्षीय नेताहरुले यसलाई प्रतिष्ठाको विषय बनाएका छन् । जसका कारण मदन भण्डारी फाउण्डेशनमार्फत भए पनि आफ्ना गतिविधि लिएर कार्यकर्तामाझ पुग्ने योजना हुन सक्छ । भण्डारीको पुनरागमनले एमालेभित्रको राजनीतिमा जे जस्तो प्रभाव पारेता पनि बाहिरी मुलुकको अभ्यास हेर्दा, राष्ट्रप्रमुख भएर राजनीतिक जीवनबाट बाहिरिएका नेताहरू पुनः राजनीतिमा फर्कने चाहना राखेको पाइदैन । त्यसरी राजनीतिमा आएर विवादित बन्नु भन्दा देशकै सम्मानित व्यक्तिका रूपमा आफूलाई चिनाउनु भण्डारीका लागि र सिंगो मुलुक एवं पद्धतिको हितमा हुनेछ ।
काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
ललितपुर । नेपाली कांग्रेस ललितपुरले यही १ गतेवाट ललितपुरमा पार्टी संगठन सुद्धीकरण तथा संगठन विस्तारको लागि जरा अभियान अन्तर्गत जिल्ला,...