चक्रे मिलनसहित ४७ जना पक्राउ – Naya Bikalpa
April 15, 2026, Wednesday      Epaper

चक्रे मिलनसहित ४७ जना पक्राउ

काठमाडौँ : गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रहरीले गएराति महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको छ ।

महाराजगन्जको साम्बाला होटलमा जन्मदिन मनाउन भेला भएका चक्रे मिलन र उनका सहयोगी राहुल खड्कासहित ४७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति उनलाई पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरूले उनीहरूलाई केही दिनअघिदेखि नै पछ्याएका थिए । केही दिनअघि भक्तपुरमा ३ वटा गाडीले सडक छेकेर हिँडेको फोटो र भिडियो प्रहरी अधिकृतहरूले पाएका थिए । त्यसैलाई आधार बनाएर प्रहरीले उनको समूहलाई खोजी गरिरहेको थियो ।

पक्राउ हुनुअघि दिउँसो मन्दिर आसपास सहयोग माग्दै बसेका व्यक्तिहरूलाई पैसा बाँड्दै हिँडेका देखिएका उनी ठमेलमा केही र्‍यापरहरूसँग समेत देखिएका थिए ।

पछिल्लो समय कुनै आपराधिक गतिविधिमा प्रत्यक्ष संलग्नता नदेखिएका मिलनको गतिविधिमा चासो दिने वा नदिने भन्नेमा अधिकारीहरू अलमलमा थिए । तर जन्मदिन मनाउँदा सार्वजनिक स्थानमा हो-हल्ला गरेको आरोपमा उनी पक्राउ परे ।

तर, उनीविरुद्ध के कसुरमा प्रहरीले मुद्दा चलाउँछ भन्ने टुंगो लागेको छैन ।

सम्बन्धित समाचार

२०६२-६३ देखिका उच्च राजनीतिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न समिति गठन
२०६२-६३ देखिका उच्च राजनीतिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न समिति गठन
  • २०८२ श्रावण १६, ११: ३३

काठमाडौं : सरकारले वि.सं. २०६२/६३ को राजनीतिक परिवर्तनयता महत्वपूर्ण सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने भएको छ । सरकारका...

१२८ जना नेपालीलाई युएईले दियो आममाफी
१२८ जना नेपालीलाई युएईले दियो आममाफी
  • २०८२ श्रावण १६, ११: ३३

काठमाडौंः संयुक्त अरब इमिरेट्स (युएई) ले १२८ जना नेपालीलाई आममाफी दिएको छ । रमजानको अवसर पारेर युएईले १२८ जना नेपालीलाई...

कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश
कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश
  • २०८२ श्रावण १६, ११: ३३

काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह...