वित्तीय अनुशासनहीनता मौलाउँदा जनतामा निराशा बढ्योः सांसद केसी – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

वित्तीय अनुशासनहीनता मौलाउँदा जनतामा निराशा बढ्योः सांसद केसी

काठमाडौंः नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा चरम रुपमा वित्तीय अनुशासनहीनता मौलाउँदै जाँदा जनतामा निराशा बढेर गएको बताएका छन् ।

आज सार्वजिक लेखा समितिको बैठकमा १० ओटा मन्त्रालय ९१ प्रतिशत बेरुजु रहनुले मुलुकमा आर्थिक अनुशासनको धज्जी उडाइएको प्रष्ट हुने बताएका हुन् । उनकाअनुसार एकातिर मुलुक ग्रे लिस्टमा परेको छ भने अर्कोतिर भ्रष्टाचारको सूचकमा नेपालको अवस्था गम्भीर देखिँदै गएको छ । यसरी बढिरहेको वित्तिय अनुशासन हिन कार्यले आम नागरिकमा निराशा बढेको सांसद केसीले बताए । सांसद केसीले सबै बेरुजु भ्रष्टाचार नभएपनि ४० प्रतिशत भन्दा बढी बेरुजु भष्टाचारजन्य रहेको बताए । उनले भ्रष्टाचारजन्य बेरुजु घटाउन निर्ममतापूर्वक लाग्नुपर्ने बताए ।

सांसद केसीले भने– ‘पछिल्लो तीन वर्षमा बेरुजु फछ्र्यौटको अंक घटेको छ, बेरुजु अंक बढ्नु राम्रो होइन । प्रशासनिक मेरुदण्ड सचिवहरु यही हुनुहुन्छ । राजनीति दबाबले हो की, स्वार्थ प्रेरित हो की, जोखिम किन लिने भनेर हो, बेरुजु कम गर्न लाग्नुभएको छैन । यो देशको मुल समस्या वित्तीय अनुशासन हो । किन बेरुजुलाई कम गर्न लाग्नुभएको छैन ।’

सांसद केसीकाअनुसार बेरुजु घटाउन सचिवहरुको बारम्बार सरुवाका कारणले पनि समस्या पर्नसक्छ । हरेक वर्ष तीन पटक सचिवको सरुवा गरिनु ठिक नभएको बताउँदै सरुवका बारेमा लेखा समितिले समेत अब सरकारलाई निर्देशन दिनुपर्ने बेला आएको उनले बताए । सांसद केसीले आर्थिक अनियमिततालाई हटाउन कर्मचारी संयन्त्र प्रभावकारी रुपमा लाग्नुपर्ने बताए। उनकाअनुसार एक्शन प्लान बनाएर लाग्नुपर्छ ।

सम्बन्धित समाचार

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
  • २०८२ श्रावण २३, १४: १३

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...

दीपक मनाङे कारागारबाट छुटे
दीपक मनाङे कारागारबाट छुटे
  • २०८२ श्रावण २३, १४: १३

काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...

६ दलले पाए राष्ट्रिय दलको मान्यता
६ दलले पाए राष्ट्रिय दलको मान्यता
  • २०८२ श्रावण २३, १४: १३

काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...