अनुभवी आश्रमको २२औं साधारणसभा तथा पाँचौं महाधिवेशन भव्यरुपमा सम्पन्न – Naya Bikalpa
September 24, 2025, Wednesday      Epaper

अनुभवी आश्रमको २२औं साधारणसभा तथा पाँचौं महाधिवेशन भव्यरुपमा सम्पन्न

काठमाडौं । काठमाडौं जिल्लाको उत्तर पश्चिम भेगस्थित नागार्जुन नगरपालिका वडा नं. ६, डाँडापौवामा २०५८ सालमा अनुभवी व्यक्तिहरुबाट स्थापना गरिएको अनुभवी आश्रमले २२औं साधारणसभा तथा पाँचौं महाविधेशन हालै चन्द्रागिरि नगरपालिका वडा नं. ८ स्थित मातातिर्थमा भव्य र सभ्यरुपमा सम्पन्न गरेको छ ।

स्थापना कालदेखि नै ज्येष्ठ नागरिकहरुको सेवामा समर्पित हुँदै आएको यो आश्रमको आफ्नै उद्देश्य रहेको छ ।

प्रत्येक जेष्ठ नागरिकहरुले आफ्नै परिवार वा वंशमा शान्ति र सम्मानका साथ जीवनयापन गर्न पाउनुपर्छ भन्ने कुराको वातावरण बनाउन जनचेतनाको कार्यक्रम सञ्चालन गर्ने, समय समयमा आवश्यकता अनुसार संस्थामा विभिन्न क्षेत्रमा वरिष्ठ व्यक्तिहरु सन्त महन्त आचार्य, बुद्धिजीवी आदिलाई आमन्त्रण गरी प्रवचन, ध्यान शिविर योग सम्बन्धी बाल शिविर सञ्चालन गर्ने, समाजमा ज्येष्ठ नागरिकप्रति हुने विकृतिहरु हटाउन सम्बन्धित सबैलाई चेतना कार्यक्रम सञ्चालन गर्ने गराउने, जेष्ठ नागरिकहरु परिवार र समाजबाट पीडित भएको देखिएमा सोको निराकरण गर्न तर्फ पहल गर्ने, पीडित ज्येष्ठ नागरिकहरुलाई भौतिक एवं मनोवैज्ञानिक उपचार, परामर्श, सल्लाह प्रदान गर्ने, नियमित भेटघाट, सम्मेलन, गोष्ठी गर्ने, शिक्षित अनुभवी विज्ञहरुको कुरा सुन्ने सुनाउने, समान उद्देश्य राख्ने क्षेत्रगत, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सञ्चालित संघ, संस्था वा सदस्यहरुलाई समेट्न शाखा उपशाखा विस्तार गर्दै जाने उद्देश्य रहेको छ । यसकारण ज्येष्ठ नागरिकहरुलाई यस वर्ष पनि चन्द्रागिरि नगरपालिकास्थित प्रख्यात भालेश्वर मन्दिरको दर्शनका साथै केवुलकार भ्रमण गराई मातातिर्थमा गएर २२औं साधारणसभा तथा पाँचौ महाधिवेशन सम्पन्न गरेको छ ।

अनुभवी आश्रमले ज्येष्ठ नागरिक सम्मानका लागि २०७५ सालदेखि स्थानीय सरकार वडा नं. ६ का तत्कालीन वडाअध्यक्ष राजेन्द्र बुढाथोकी र राजन पुरीले आफ्नै निजी खर्चमा डोलेश्वर महादेवको दर्शन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गराएका थिए । यस कार्यलाई निरन्तरता दिँदै यस वर्ष पनि नागार्जुन नगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष देवेन्द्रराज गिरी र वडासदस्यहरुको विशेष पहलमा वडाकै बजेटबाट करिब ४ लाख खर्च गरेर ४५१ जना ज्येष्ठ नागरिकहरुलाई एक दिवसीय धार्मिक तथा पर्यटकीय भ्रमण गराउँदै प्रसिद्ध तिर्थाटन मातातिर्थको प्रागंणमा साधारणसभा तथा पाँचौ महाधिवेशनको भेला गरिएको थियो । भेलामा ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
उक्त भ्रमणमा ज्येष्ठ नागरिकहरुलाई बिहानदेखि बेलुकासम्म खानपिन गराउँदै आरामदायी १२ वटा टुरिष्ट बसमा राखेर घुमाउँदै बेलुकी आ–आफ्नो निवासमा पु¥याउने व्यवस्था मिलाइएको थियो । यसको सम्पूूर्ण व्यवस्थापन वर्तमान वडाअध्यक्ष देवेन्द्रराज गिरी, निवर्तमान वडाअध्यक्ष राजेन्द्र बुढाथोकी तथा समाजसेवी राजन पुरीको व्यवस्थापन निकै महत्वपूर्ण रहेको थियो ।

२२औं साधारणसभा तथा पाँचौं महाधिवेशनमा अनुभवी आश्रमले पहिलो सत्रमा विभिन्न सामाजिक व्यक्तित्व, राजनीतिक दलका प्रतिनिधि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, नागार्जुन नगरपालिकाका कार्यबहाक प्रमुख सुशीला अधिकारी, नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाललगायत चन्द्रगिरि र नागार्जुन नगरपालिकाका वडाअध्यक्षहरु, समाजसेवी, शिक्षक, पत्रकार, पूर्व न्यायाधिश, कलाकार लगायतले शुभकामना मन्तव्य दिँदै अनुभवी आश्रमलाई नागार्जुन नगरपालिकाले आर्थिक र भौतिक सहयोग गर्नुपर्ने बताए । उद्घाटन सत्रमा अध्यक्षको मन्तव्य, महासचिवको वार्षिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन वार्षिक आयव्यय प्रतिवेदन सर्वसम्मतरुपमा पास भएको थियो ।

अनुभवी आश्रमको वर्तमान भवन जिर्ण अवस्थामा रहेकोले, आश्रमलाई आवश्यकता अनुसारको जग्गा प्राप्त नभएकोले भोगचलन सहितको भवन निर्माण र जग्गा प्राप्तिका लागि तत्काल नगरपालिकाले कार्य अगाडि बढाउनुपर्नेमा जोड दिए । यसरी शुभकामना मन्तव्य व्यक्त गर्नेहरुमा अनुभवी आश्रमका अध्यक्ष भिमवरसिंह थापा, प्रमुख अतिथि ज्येष्ठ नागरिक बद्रीनाथ खनाल, विशिष्ट अतिथि चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, नागार्जुन नगरपालिकाका कार्यबहाक मेयर सुशीला अधिकारी, पूर्व न्यायाधीश उद्धव बास्कोटा, नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल रहेका थिए ।

त्यसैगरी नागार्जुन नगरपालिकाका वडा नं. २ का अध्यक्ष थुमराम केसी, वडा नं. ५ का अध्यक्ष तथा नगर प्रवक्ता महेश रिमाल, वडा नं. ६ का अध्यक्ष देवेन्द्रराज गिरी, वडा नं. १० का अध्यक्ष सुन्दरबहादुर केसी, त्यसैगरी आजीवन सदस्य किरण गिरी, प्रकाश रिमाल, मिरा खनाल कुँवर, धर्मराज गौतम, शुक्र तामाङ, राजेन्द्र बुढाथोकी, उद्धवराज पुरी, हेमजुला राई बिक, सरिता खड्का, मुकुन्द सुवेदी, झलक बहादुर तामाङ लगायतले रहेका थिए ।

निर्वाचन समितिका संयोजक रामेश्वर प्रसाद खनालले सर्वसम्मतरुपमा चयन भएका कार्यसमितिका नामहरु हलबाट अनुमोदन गराएका थिए । समितिमा मदनराज भट्टराई, शान्तराज पुरी रहेका थिए ।
त्यसैगरी सदस्य ज्ञानबहादुर केसी, राजन पुरी, इन्द्रबहादुर मानन्धर, सत्यनारायण मानन्धर, हरिशरण मानन्धर, सन्तमाया धिकेलगायतको उपस्थिति रहेको थियो ।

अनुभवी आश्रमको २२औं साधारणसभा तथा पाँचौं महाधिवेशनले सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको छ । जसअनुसार अध्यक्षमा ईश्वरराज भट्टराई, उपाध्यक्ष सुरेन्द्रविरसिंह थापा, महासचिव राजन पुरी, सचिवमा दिवाकर प्रसाद खनाल, कोषाध्यक्ष रिपुराज खनाल, सदस्यहरुमा ज्ञानबहादुर केसी, इन्द्रबहादुर मानन्धर, हरिशरण मानन्धर, सन्तमाया धिके, पुरुषेत्तमराज गिरी, सुन्दरराज पुरी सर्वसम्मत रुपमा निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार

काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिए
काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिए
  • २०८२ श्रावण २८, १८: ५०

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले काठमाडौंको प्रहरी जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको हो ।...

पोखरामा प्रहरीको ‘नमुना पेट्रोल पम्प’ सञ्चालनमा
पोखरामा प्रहरीको ‘नमुना पेट्रोल पम्प’ सञ्चालनमा
  • २०८२ श्रावण २८, १८: ५०

कास्की : नेपाल प्रहरीले पोखरामा पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण कोषले पोखरा–७ सहिदचोकस्थित प्रहरी...

विशेष महाधिवेशनका लागि धनकुटा कांग्रेसको माग
विशेष महाधिवेशनका लागि धनकुटा कांग्रेसको माग
  • २०८२ श्रावण २८, १८: ५०

धनकुटा : नेपाली कांग्रेस धनकुटाको बैठकले अहिलेको परिस्थितिमा मुलुकको समस्या समाधान गर्न, पार्टी संगठनलाई क्रियाशील र सशक्त बनाउन विशेष महाधिवेशन...