कृष्णपुरमा छाउगोठ भत्काउने अभियान – Naya Bikalpa
June 23, 2026, Tuesday      Epaper

कृष्णपुरमा छाउगोठ भत्काउने अभियान

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित हनुमानपुरमा रहेका २० छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार स्थानीय जनप्रतिनिधिको सहयोगमा हनुमानपुरमा रहेका छाउगोठ भत्काइएको हो । कृष्णपुर–१ मा वडा सदस्य रत्नादेवी बोहराको संयोजकत्वमा समिति बनाएर छाउगोठ भत्काउने अभियान सञ्चालन गरिएको छ ।

असार अन्तिम साता कृष्णपुर–१ स्थित निगालीमा छाउगोठमा सुतेकी कमला आउजीको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले पन्ध्र दिनभित्र छाउगोठ नभत्काए कानुन अनुसार कारबाही र १० हजार जरिवाना गर्ने चेतावनी दिएको थियो । नगरपालिकाको चेतावनी पछि पनि स्थानीयले छाउगोठ नभत्काएपछि पालिकाले वडा सदस्य बोहराको संयोजकत्वमा समिति बनाएर छाउगोठ भत्काउने अभियान सुरु गरेको हो ।

‘हामीले पटक पटक सम्झाई बुझाइ गर्दा पनि छाउगोठ भत्काउन मानेनन’, वडा सदस्य रत्ना देवी बोहराले भने, ‘स्थानीयले अटेरी गरेपछि स्थानीय क्लब,जनप्रतिनिधि र प्रहरीको सहयोगमा छाउगोठ भत्काउने अभियान नै चलाएका छौ ।’ उनका अनुसार मंगलवार र बुधवार उक्त स्थानमा ३६ छाउगोठ भत्काइएको छ । वडा कार्यालयले गत वर्षदेखी नै छाउगोठ भत्काउने अभियान सञ्चालन गरेपनि स्थानीयको अवरोधल अभियान बीचमै रोकिएको थियो । छाउगोठमा सर्पले टोकेर महिलाको मृत्युको घटनापछि जिल्ला प्रशासन कार्यालयले समेत कुरिती हटाउन सबै पालिकालाई निर्देशन दिएको थियो ।

कृष्णपुर –१ का वडा अध्यक्ष मोहन बस्नेतले हरेक दिन दिउँसो १ बजेदेखी वडामा छाउगोठ भत्काउने अभियान सञ्चालन हुने गरेको बताए। ‘हामी यो कुरिति हटाउने अभियानमा लागेका छौ यहाँका बाल क्लब,स्थानीय र स्वयंसेवकले पनि सहयोग गरेका छन्’, उनले भने, ‘पालिकाले पनि छाउगोठ नभत्काउनेको सेवा सुविधा रोक्ने तयारी गरेको छ ।’

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ श्रावण २९, १३: ०७

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ श्रावण २९, १३: ०७

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ श्रावण २९, १३: ०७

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...