
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
नेता खरेलको ८० वर्षको उमेरमा आइतबार राति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । सभापति थापाले आज शोक सन्देशमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजन समवेदना प्रकट गरेका छन् । विद्यार्थी जीवनदेखि नै कांग्रेसको आदर्श, सिद्धान्त र लोकतान्त्रिक आन्दोलनमा निरन्तर समर्पित रहेका नेता खरेलको नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा पटकपटक गरी झण्डै नौ वर्ष जेल जीवन बिताएका थिए ।
सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रूपमा विसं २००३ मा काभ्रेपलाञ्चोक खरेलथोकमा जन्मिएका खरेल कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहेका थिए ।
जननायक बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराईको सामिप्यमा रहेर उनले पार्टी संगठनका लागि उल्लेखनीय योगदान पुर्याएको पार्टी कार्यालयले जनाएको छ । विसं २०४९ देखि २०५३ असारसम्म कांग्रेसको केन्द्रीय कार्यालय उनकै बानेश्वरस्थित घरबाट सञ्चालन भएको थियो ।
विसं २०४८, २०५१, २०५६ र २०६४ को आमनिर्वाचनमा काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ बाट उनी कांग्रेसको उम्मेदवार भए । विसं २०५६ को आमनिर्वाचनमा काभ्रेपलाञ्चोकको क्षेत्र नं ३ बाट विजयी हखरेल शिक्षा राज्यमन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याणमन्त्री भए ।
उनको निधनबाट कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, निष्ठावान एवं अनुभवी राजनीतिज्ञलाई गुमाएको जनाएको छ । उनका तीन छोरा कृष्णचन्द्र खरेल, महेश खरेल (पाँचखाल नगरपालिकाका प्रमुख एवं काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ का क्षेत्रीय सभापति) र शैलेस खरेल छन् ।
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...
काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...
काठमाडौं : अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची...