तरुण दलको पाँचौं महाधिवेशन मंसिरमा हुने – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

तरुण दलको पाँचौं महाधिवेशन मंसिरमा हुने

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको पाँचौं महाधिवेशन आगामी मंसिरमा हुने भएको छ ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले एक विज्ञप्ति जारी गरी मंसिर २६ देखि २८ गतेसम्म पाँचौं राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिए । लामो समयदेखि तरुण दलको महाधिवेशन हुन नसकेकाले कांग्रेसले निर्देशन समिति बनाएको थियो ।

तरुण दलले आगामी भदौ गतेभित्र दलको पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन सम्पन्न गर्ने, भदौ मसान्तभित्र दलको केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय एवं जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गर्नेछ ।

यस्तै, कात्तिक २० गतेभित्र प्रदेशसभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्ने, कात्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, मंसिर १० गतेभित्र सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने र मंसिर २६, २७ र २८ गते राष्ट्रिय महाधिवेशन सम्पन्न गरिने अध्यक्ष गुरुङले बताए ।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ भाद्र २, १३: ४०

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ भाद्र २, १३: ४०

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र २, १३: ४०

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...