
काठमाडौं : भारतका विदेश सचिव विक्रम मिस्रीले नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा दुईदिने औपचारिक नेपाल भ्रमण सम्पन्न गरेका छन्।
भदौ १ देखि २ गतेसम्म भएको भ्रमणका क्रममा विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटमा भारतको नेतृत्वतर्फबाट शुभकामना व्यक्त गर्दै दुई देशबीचका पारस्परिक लाभका सहकार्यमा भएको प्रगतिबारे जानकारी गराएको नयाँदिल्लीबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सचिव मिस्रीले प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणासमेत हस्तान्तरण गरेका छन्। मोदीले दुवै देशलाई अनुकूल हुने मितिमा भारत भ्रमणका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रणा दिएका हुन्।
दुवै देशका परराष्ट्र सचिवबीच विस्तृत छलफल भएको थियो। द्विपक्षीय पहलहरुको समीक्षा गर्दै आगामी भारत भ्रमणको एजेन्डामा समावेश हुन सक्ने सम्भावित विषयबारे छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा विदेश सचिव मिस्रीले नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलसँग भेटी लाइट स्ट्राइक भेहिकल (एलएसभी), क्रिटिकल केयर मेडिकल उपकरण तथा सैन्य जनावरसहितका सामग्री हस्तान्तरण गरेका छन्।
दुवै पक्षले भौतिक र डिजिटल कनेक्टिभिटी, रक्षा तथा सुरक्षा, ऊर्जा लगायतका क्षेत्रमा पछिल्ला वर्षमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै सहकार्यलाई अझै अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।
विदेश सचिव मिस्रीले नेपालका अन्य वरिष्ठ राजनीतिक नेताहरुसँग पनि भेट गरेका थिए।
छिमेकी पहिलो नीतिअनुसार नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार भएको जनाउँदै नयाँ दिल्लीले यस भ्रमणले दुई देशबीचको उच्चस्तरीय आदानप्रदानलाई निरन्तरता दिने र द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...