उपसभामुख हटाउने कांग्रेस-एमालेको तयारी – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

उपसभामुख हटाउने कांग्रेस-एमालेको तयारी

काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रक्रिया अघि बढाएका छन् । त्यसका लागि दुवै दलले आफ्ना सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएर हस्ताक्षर संकलन सुरु गरेका छन् ।

कांग्रेसले मंगलबार बिहान बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बसाएर उपसभामुख हटाउने विषयमा निर्णय गरेको हो । सो बैठकपछि आफ्ना सांसदलाई बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दलको कार्यालयमा उपस्थित भई हस्ताक्षर गर्न निर्देशन दिइएको छ ।

एमालेले पनि आकस्मिक बैठक बोलाउँदै सांसदलाई दिउँसो २ बजेसम्म हस्ताक्षर गर्न उपस्थित हुन खबर गरेको छ ।

यसअघि सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित दुवै दलका शीर्ष नेताहरूको बैठक बसेको थियो । सो बैठकमा महान्यायाधिवक्ता रमेश बडालसहितका नेताहरू सहभागी थिए । बैठकमा सामाजिक सञ्जाल नियमनसम्बन्धी सर्वोच्च अदालतको फैसलासँगै उपसभामुखलाई हटाउने विषयमा समेत छलफल भएको थियो ।

उपसभामुख रानामाथि अमेरिकी राजदूतावासमा आफ्नो आधिकारिक लेटरप्याड प्रयोग गरी अमेरिका लैजाने व्यक्तिको लागि भिसा सिफारिस पत्र पठाएको आरोप छ । यसअघि पनि उनलाई पदबाट हटाउने चर्चा चले पनि दलभित्र विरोधका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन ।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ भाद्र ३, ११: ४३

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ भाद्र ३, ११: ४३

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र ३, ११: ४३

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...