भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्ने – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्ने

काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही अगस्टको अन्त्यमा चीन भ्रमण गर्ने भएका छन् । उनको भ्रमणबारे मङ्गलबार नयाँदिल्लीमा चीनका विदेशमन्त्री वाङ यीसँग भएको वार्ताका क्रममा भारतका सुरक्षा प्रमुख अजित डोभालले जानकारी दिएका हुन्।

मोदीले अगस्ट ३१ मा तियानजिनमा हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनको उद्घाटनमा भाग लिनेछन् । यो सन् २०१८ पछि उनको पहिलो चीन भ्रमण हुनेछ । बैठकको सुरुमा डोभालले ‘प्रधानमन्त्रीको भ्रमणले भारत–चीन कूटनीतिक सम्बन्धमा नयाँ ऊर्जा दिनेछ’ भन्दै टिप्पणी गरेका छन् ।

एससिओ शिखर सम्मेलनमा मोदीको सहभागितालाई चीनले ‘विशेष महत्त्व दिने’ बताउँदै वाङ यीले भने, ‘स्वस्थ र स्थिर चीन–भारत सम्बन्धले दुवै देशको मौलिक र दीर्घकालीन हितमा काम गर्छ भन्ने कुरा इतिहास र वास्तविकताले फेरि प्रमाणित गरेको छ ।’ वाङ यीले मङ्गलबारपछि मोदीलाई प्रत्यक्ष भेट्ने कार्यक्रम रहेको छ ।

विश्वमै सबैभन्दा धेरै जनसङ्ख्या रहेका दुई मुलुक लामो समयदेखि दक्षिण एसियामा प्रभावका लागि प्रतिद्वन्द्वी रहँदै आएका छन् । सन् २०२० मा तिनीहरूबीच घातक सीमा द्वन्द्व समेत भएको थियो ।

भारत हाल संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र जापानसँगको ‘क्वाड सुरक्षा गठबन्धन’ को सदस्य छ । क्वाडलाई चीनविरुद्धको कदमको रूपमा हेरिन्छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर युद्धले उत्पन्न गरेको विश्वव्यापी व्यापार र भू–राजनीतिक उथलपुथलबीच भारत र चीन दुवैले सम्बन्ध सुधारतर्फ ध्यान दिएका छन् ।

सोमबार भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करसँगको वार्तामा वाङ यीले भनेका थिए, ‘हामीले एकअर्कालाई विरोधी वा खतराको रूपमा नभई साझेदार र अवसरका रूपमा हेर्नुपर्छ ।’

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ भाद्र ३, १५: २२

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ भाद्र ३, १५: २२

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र ३, १५: २२

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...