
काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतिलाई जीवनयापनको साधन मात्र नभई सम्मानजनक, नाफामूलक र दिगो पेशा बनाउनुपर्ने आवश्यक रहेको बताएका छन् ।
कृषि तथा पशूपन्छी विकास मन्त्रालय, कृषि तथा खाद्य संगठन एफएओ नेपाल लगायत साझेदार संस्थाहरुको संयुक्त आयोजनामा ललितपुरमा आयोजित पारिवारिक खेतीसम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले करिब ६० प्रतिशत जनसंख्या प्रत्यक्ष कृषि व्यवसायमा संलग्न रहेको र ०.६ हेक्टर प्रति कृषक परिवार औषत जोत जमिन भएको नेपाल जस्तो देशमा पारिवारिक खेती केवल आर्थिक गतिविधि मात्र नभई हाम्रो संस्कृति, परम्परा र खाद्य सुरक्षा सुनिश्चित गर्ने प्रमुख आधार समेत रहेको बताए ।
कृषि क्षेत्रमा काम गर्दे आएका नमूना कृषि सहकारी, एकिकृत कृषि प्रणाली, र किसान–प्रेरित नवप्रवर्तनकारी कार्यहरुले ग्रामिण कृषि उत्पादन र कृषकको आम्दानी दुवैमा सुधार गरेको उल्लेख गर्दे मन्त्री अधिकारीले साना किसानदेखि मध्यमस्तरका कृषक सम्म समावेश रहने परिवारिक खेती विकसित र विकासोन्मुख देशमा कृषिको प्रमुख स्वरुप रहिआएको बताए ।
ग्रामीण रूपान्तरणको प्रमुख घटक रहेको पारिवारिक खेती प्रणालीलाई जलवायु परिवर्तनले चुनौती थपिदिएको भन्दै मन्त्री अधिकारीले यो चुनौतीको सामना गर्न सबै क्षेत्रको प्रयास अपरिहार्य रहेकोमा जोड दिए ।
सिँचाइको विस्तार, कोल्ड स्टोरेज पूर्वाधारको निर्माण , र मूल्य श्रृखंला विकासमा लक्षित लगानीलाई प्राथमिकतामा राखी सरकारले काम गरिरहेको उल्लेख गर्दे मन्त्री अधिकारीले यसले किसानको मेहनत र उत्पादनलाई सहजै बजारसम्म पहुँच बनाई आयआर्जनमा बृद्धि गर्न सहयोग पुग्ने बताए ।
पछिल्ला वर्षहरूमा विभिन्न खालका प्रकोपका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको र यसबाट जलवायु अनुकूलनका उपायहरूको आवश्यकता र अपरिहर्यतामा जोड दिँदै मन्त्री अधिकारीले भने, “त्यसैले हामीले जलवायु–मैत्री कृषि, दिगो पशुपालन व्यवस्थापन, र आधुनिक प्रविधिको प्रयोग प्रवद्र्धन गर्ने प्रमुख राष्ट्रिय कार्यक्रमहरू कार्यान्वयन गरिरहेका छौं ।”
गोष्ठीलाई कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापा, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डन, मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा, एफएओका प्रतिनिधि केन सिमिजु,नेपाल कृषि सहकारी संघका अध्यक्ष खेम पाठकलगायतले सम्बोधन गरेका थिए ।
३ दिनसम्म चल्ने कार्यशालामा अन्तर्राष्ट्रिय एवं क्षेत्रीय स्तरका कृषि क्षेत्रका नेतृत्व, नीति निर्माता, विज्ञ तथा विकास साझेदार संस्थाहरूको उपस्थिति रहेको छ ।
काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...