
काठमाडौं : प्रतिनिधि सभामा आजका लागि तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यतालिका भए पनि स्वास्थ्य समस्याका कारण प्राधनमन्त्री अनुपस्थित हुने भएपछि प्रश्नोत्तर कार्यक्रम स्थगित भएको हो ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन नसक्ने जानकारी गराएका थिए ।
काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...