भारतको सहयोगमा इलामको पुवा खोलामा निर्मित बेलिब्रिज उद्घाटन – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

भारतको सहयोगमा इलामको पुवा खोलामा निर्मित बेलिब्रिज उद्घाटन

काठमाडौं : इलामको पुवा खोलामा बेली ब्रिज सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलामका बासिन्दालाई झापामा आवतजावत गर्न सहज भएको छ ।

४८.८ मिटर लामो पुल १ करोड ४८ लाख रुपैयाँ लागतमा सागर–शुभारम्भ–एरिसा जेभीले सो पुल निर्माण गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पुल उद्घाटन गरेका हुन्।

पुल उद्घाटनमा सांसद महेश बस्नेत, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा. विजयकुमार जैसी, विभागका पुल महाशाखा प्रमुख ललिजन खनाल लगायत सहभागी थिए ।

इलाम नगरपालिका-९ र ११ जोड्ने पुवा खोलामा निर्मित बेली ब्रिज भारत सरकारले उपलब्ध गराएको हो ।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ भाद्र ४, १८: ३२

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ भाद्र ४, १८: ३२

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र ४, १८: ३२

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...