
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागारमा पुगेर भेटेका छन् । प्रचण्डले बुधबार साँझ नख्खु कारागार पुगेर लामिछानेलाई भेटेका हुन् ।
रविलाई भेटेर फर्कने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले रवि भैरहवा कारागारमा हुँदा निकै पीडामा परेका कारण दुब्लाएको बताए । रविको अनुहार नै कमजोर देखिएको पनि उनले बताए ।
रविले भैरहवा कारागारको तुलनामा नख्खुमा अवस्था राम्रो भएको बताएको पनि प्रचण्डले उल्लेख गरे ।
भेटका क्रममा रविले आफूलाई अदालतले तोकेको बिगो बुझाउँदा पनि सुविधा नपाएको गुनासो सुनाएको प्रचण्डले जानकारी दिए ।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई गत शनिबार मात्रै रुपन्देही कारागारबाट नख्खु कारागार सारिएको हो ।
काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...