
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टाएको बताएकी छन् ।
बिहीबार काठमाडौंको थापाथलीमा सम्पर्क कार्यालय उद्घाटन सभालाई सम्बोधन गर्दै उनले राजनीतिमा रहेको विकृतिलाई समाधान गर्न राजनीतिक दलहरुले नसकेको बताइन् ।
उनले सरकारले सुशासन प्रवर्धन गर्न नसकेको बताउँदै उनले राजनीतिक दल अहिलेको प्रणालीअनुसार अघि बढ्न नसकेको बताइन् । संसद अहिले निरीह थलो भएको उनले बताइन् ।
उनले कानुनहरु समयानुकूल कस्तो बनाउनुपर्ने भन्नेकुरामा ध्यानपूर्वक अध्ययन नै नभएको जिकिर गरिन् । ठुला दलहरु आफैंले अहिलेको संविधानमा प्रश्न उठाएर संविधान संशोधन गर्ने सहमति गरेपनि संविधानमा के अभाव रह्यो, के आवश्यकता छ भनेर छलफल हुन नसकेको बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले शिक्षासम्बन्धी समस्या नेपालमा ठुलो समस्या रहेको उल्लेख गरिन् ।
काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...