
गौर : गौरमा सुटकेसबाट बरामद भएको शवको पहिचान खुलेको छ । रौतहटको गौर नगरपालिका– ९ गौर सिरसिया सडक किनारमा सुटकेसभित्र भेटिएको महिलाको शवको सनाखत भएको हो ।
सुटकेसमा डोरीले बाँधिएको अवस्थामा भेटिएको शव रौटहटको माधवनारायण नगरपालिका- २ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साहको भारतको मजफरपुरमा विवाह भएको थियो । उनी हाल माइतीमा बस्दै आएकी थिइन् । उनी हिजो साँझ ६ बजेदेखि सम्पर्कविहीन बनेको पारिवारिक श्रोतले जनाएको छ l ब्युटीपार्लर जान्छु भनेर हिडेकी उनी ६ बजेपछी सम्पर्कविहीन भएकी थिइन् l
शव गएराति गौर नगरपालिका- ९ स्थित गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेटनजिकै भेटिएको थियो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...