सुदूरपश्चिममा डेंगी सङ्क्रमणबाट दुई सय ८८ सङ्क्रमित – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

सुदूरपश्चिममा डेंगी सङ्क्रमणबाट दुई सय ८८ सङ्क्रमित

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुई सय ८८ जनामा डेंगी सङ्क्रमण भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले यस अवधिमा सङ्क्रमितमध्ये सबैभन्दा बढी कैलालीमा ६५ जना, अछाममा ४१ र कञ्चनपुरमा ३२ जना सङ्क्रमित भएको जनाएको छ ।

यसैगरी हिमाली जिल्ला दार्चुलामा चार र बाजुरामा १८ जना सङ्क्रमित भएका छन् । डडेलधुरा, डोटी, बझाङ र बैतडीमा गरी ८८ जना सङ्क्रमित भएका निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशी खासगरी असारदेखि कात्तिकसम्म डेंगी सङ्क्रमण बढ्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने बताउँछन् । डेंगीको भाइरसबाट सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने भएकाले घर परिसरमा पानी जम्न नदिएर विशेष सतर्कता अपनाउन उनले आग्रह गरे ।

“गमला, साइकल वा गाडीको टायर, खाली ड्रम जस्ता पानी जम्न सक्ने भाँडा तथा खाल्डामा लामखुट्टेले सजिलैसँग फुल पारेर आफ्नो वृद्धि विकास गर्ने भएकोले यस्ता सतर्कता अपनाउन आवश्यक छ”, जोशीले भने,“यस्ता सम्भावित स्थानको खोजी गरी लार्भा नष्ट गर्दा लामखुट्टेको वृद्धि विकास हुन नपाई रोगको रोकथाममा सहयोग पुग्छ ।”

दुई वर्षअघि डेंगीका कारण सुदूरपश्चिममा तीन जनाको मृत्यु भएको थियो । निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले रोगको रोकथामका लागि लामखुट्टे मार्न ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाउनु आवश्यक रहेको बताए । “यसमा हरेक स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुन्छ । आफ्नो क्षेत्रमा रोग सङ्क्रमणको अवस्था हेरेर यस्तो अभियान सञ्चालन गर्न आवश्यक छ । यस वर्ष कतिपय पालिकाले यो अभियान सञ्चालन गरिरहेका छन्”, उनले भने ।

सरकारी अस्पतालमा यो रोगका बिरामीको नि:शुल्क उपचार हुने गरेको छ ।  लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगको रोकथामको प्रभावकारी उपाय भए पनि नागरिकमा चेतनाको अभाव देखिँदा समस्या भइरहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ भाद्र ८, १२: ०२

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ भाद्र ८, १२: ०२

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र ८, १२: ०२

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...