संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व सुरु हुन्छ : गृहमन्त्री – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व सुरु हुन्छ : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो संविधान असफल भयो भने देशमा अकल्पनिय द्वन्द्व सुरु हुने बताएका हुन् ।

संविधान निर्माणका लागि २० वर्ष लागेको उनले स्मरण समेत गरे । यो संविधान असफल भए अर्को २० वर्षमा पनि संविधान बनाउन नसक्ने उनको दाबी छ । त्यसको लक्षण पनि देखिन थालेको उनले बताए ।

संविधानको रक्षा, यसको सुदृढीकरण, समयसापेक्ष संशोधन आजको आवश्यकता भएको उनको भनाइ छ । समय र समाजको विकासको गतिअनुसार संविधानलाई पनि उन्नत, परिवर्तन र परिमार्जन गर्नुपर्ने उनले बताए ।

समयसापेक्ष संविधान संशोधनको लागी वर्तमान सरकार गठनको बेला कांग्रेस र एमालेले सहमति गरेको पनि उनले उल्लेख गरे । तर सरकार बनेको एक वर्षमा पनि संविधान संशोधनको कार्य प्रारम्भ गर्न नसेकेको उनले स्वीकार गरे ।

संविधानको समयसापेक्ष संशोधन र सुरक्षा आवश्यक रहेको उनको भनाइ छ । अहिलेको संविधानमा कतिपयले प्रश्न उठाउने गरेको उल्लेख गर्दै उनले त्यो पनि जायज रहेको बताए । यो संविधानमा कतिपय कुराहरु समेट्न खोज्दाखोज्दै पनि नसकिएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ भाद्र ८, १२: २१

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ भाद्र ८, १२: २१

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र ८, १२: २१

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...