रेमिट्यान्स आप्रवाह १९ प्रतिशतले बढ्यो – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

रेमिट्यान्स आप्रवाह १९ प्रतिशतले बढ्यो

काठमाडौं : गत आर्थिक वर्ष २०८१/८२ मा कुल १७ खर्ब २३ अर्ब २७ करोड बराबर रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा १९ दशमलव २ प्रतिशतले र अमेरिकी डलरमा १६ दशमलव ३ प्रतिशतले बढेको हो ।

गत असार महिनाको रेमिट्यान्स आप्रवाह मात्रै एक खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब १७ अर्ब ७८ करोड रहेको थियो ।

समीक्षा वर्षमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ भाद्र ८, १५: ५६

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ भाद्र ८, १५: ५६

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
  • २०८२ भाद्र ८, १५: ५६

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले सबैभन्दा बढी डिजेल आयात गरेको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठ...