सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

काठमाडौं : विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले आइतबार पौडेलको बयान तथा थुनछेक बहसपछि धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

पौडेलमाथि केन्द्रका लागि ‘हाई कम्प्युट इन्फ्रास्ट्रक्चर’ खरिदमा मिलेमतो गरी गुणस्तरहीन सामग्री आपूर्ति गरेर करिब १६ करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार २७ गते पौडेलसहित ६ जना र आपूर्तिकर्ता कम्पनी वल्र्ड डिस्ट्रिब्युसन नेपाल प्रालि विरुद्ध मुद्दा दायर गरेको थियो ।

अख्तियारका अनुसार, खरिद प्रक्रिया दौरान स्पेसिफिकेशन विपरीत कम क्षमताको प्रोसेसर जडान गरी राज्यलाई हानि पुयाइएको पाइएको थियो। कम क्षमताका उपकरणका कारण कार्यसम्पादन क्षमता करिब १४ प्रतिशतले घटेको अख्तियारको दाबी छ ।

यद्यपि, यसअघि दायर गरिएका अन्य मुद्दामा पौडेलमाथि थुनामै राख्ने आदेश भएकाले विशेष अदालतको यो आदेशपछि मात्रै उनी स्वतन्त्र हुने अवस्था भने छैन ।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ भाद्र ८, १६: ४७

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ भाद्र ८, १६: ४७

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र ८, १६: ४७

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...