आज तीजको दर खाने दिन – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

आज तीजको दर खाने दिन


काठमाडौं : हिन्दु धर्मालम्बी महिलाहरूले आज हरितालिका (तीज) पर्वको दर खाँदैछन्। दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ।

तीजको दिन ब्रत बस्ने महिलाले अघिल्लो दिन मिठामिठा र आडिला परिकार दरको रुपमा खाने चलन विगतदेखि चलिआएको छ।

विशेषगरी टाढा रहेका दिदी बहिनीलाई माइती पक्षले तीजमा निम्ता गर्छन्। दिदी बहिनी, परिवारका सदस्य, इष्टमित्र र छिमेकीहरू एकै ठाउँमा भेला भएर विभिन्न मिठा परिकार दरको रुपमा खाँदै रमाइलो गर्ने चलन विगतदेखि चल्दै आएको छ।

विगतमा तीजको अघिल्लो दिन मात्रै दर खाने चलन रहेपनि आजभोलि शहरी क्षेत्रमा एक डेढ महिनाअघिदेखि नै दर खाने र खुवाउने चलनको विकास हुन थालेको छ।

जसलाई कतिपयले विकृतिको रुपमा पनि अथ्र्याउने गरेका छन्। दर खाँदा आफ्नो स्वास्थ्यको ख्याल गर्न चिकित्सकले सुझाव दिएका छन्।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ भाद्र ९, ०७: २१

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ भाद्र ९, ०७: २१

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र ९, ०७: २१

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...