
काठमाडौं : प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था समितिको सभापति चयनका लागि यही भदौ ११ गते निर्वाचन हुने भएको छ ।
संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले एक सूचना जारी गर्दै सभामुख देवराज घिमिरेले भदौ ११ गते बुधबारका लागि सभापति चयनका लागि निर्वाचनको मिति तोकेको जानकारी दिएका छन् ।
यसअघिका समिति सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडसँग त्रुटिको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएपछि सो पद गत साउन २८ गतेदेखि रिक्त छ ।
रिक्त पदमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्थाअनुसार निर्वाचन गर्न लागिएको हो ।
काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...