बैंक परिवर्तन हुँदा सामाजिक सुरक्षाभत्ता बुझ्न सास्ती – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

बैंक परिवर्तन हुँदा सामाजिक सुरक्षाभत्ता बुझ्न सास्ती

खोटाङ : बैंक परिवर्तन हुँदा यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामाजिक सुरक्षाभत्ता लिने लाभग्राही समस्यामा परेका छन् । साल्पा विकास बैंकले यसअघि वितरण गर्दै आएको दशवटा वडामध्ये पाँचवटा लाभग्राहीका लागि बैंक परिवर्तन भएपछि  उनीहरु समस्यामा परेका हुन् ।

पन्ध्र वटा वडा रहेको यस नगरपालिकामा सालपा विकास बैंकले यस आवदेखि ५, ६, ७, ८, १० र ११ वडामा भत्ता वितरण नगर्ने भएको हो । वडा नं ८ दोर्पाबुवालुङमा नबिल बैंक र वडा नं ११ खार्मीमा एनआइसी एसिया बैंकले सामाजिक सुरक्षाभत्ता वितरण गर्ने सहमति गरे पनि सम्झौता गर्न नआएको नगरपालिकाले जनाएको छ । गत साउन १ गते नगरपालिका र बैंकबीच सहमति भएको थियो । तर बैंकहरू कार्यान्वयनका लागि नआएपछि भदौ ८ गते लिखित रूपमा बैंकलाई पत्राचार गरिएको प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए ।

राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता वितरण गर्ने बैंक टुंगो नलागेपछि लाभग्राहीहरू खाता खोल्न भनेर दिक्तेल आए पनि फर्कन बाध्य भएका छन् । भत्ता वितरण गर्ने बैंक टुंगो लागेका वडाका लाभग्राहीका लागि पनि नयाँ खाता खोल्न बैंकले अनिवार्य राष्ट्रिय परिचयपत्र लागू गरेपछि झनै समस्यामा परेका छन् ।

राज्यले उपलब्ध गराउँदै आएको सेवा उपभोग गर्न सास्ती भोग्नुपरेको रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ७८ वर्षीय लाभग्राही ज्ञानबहादुर राईले दुःखेसो सुनाए ।

अपाङ्गता भएका व्यक्ति, ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र १६ वर्षमुनिका बालबालिकाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छैन । तर सामाजिक सुरक्षाभत्ता तथा बैंकिङ कारोबारका लागि जिल्लामा सञ्चालित सबै बैंकले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि लाभग्राही समस्यामा परेका हुन् ।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ भाद्र १०, १२: १६

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ भाद्र १०, १२: १६

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र १०, १२: १६

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...