उखु किसानको माग तुरुन्त पूरा गर्न नेता डा. शेखर कोइरालाको आग्रह – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

उखु किसानको माग तुरुन्त पूरा गर्न नेता डा. शेखर कोइरालाको आग्रह

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु किसानको माग तुरुन्त पूरा गर्न सरकारसँग आग्रह गरेका छन् ।

नेता डा. कोइरालाले सामाजिक सञ्जालमार्फत कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ? भन्ने प्रश्न गर्दै उखु किसानको माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भनेका छन्, ‘खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दुध सडकमा फाल्नुपर्ने, देशको प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने, कहिले अनुदान कटौती गरिने । अनि हामी कसरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौं ?’

‘कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर कितावमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ? उखुको बोट सहित किसान सडक आन्दोलनमा आउँनु अत्यन्त दु:खद स्थिति हो । उनीहरुको माग तुरुन्त पूरा गरौं,’ उनले भनेका छन् ।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ भाद्र १०, १६: ०२

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ भाद्र १०, १६: ०२

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र १०, १६: ०२

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...