राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

काठमाडौं : प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेदवारी परेको छ ।

मनोनयनका लागि मंगलवार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि समय तोकिएको थियो । निर्धारित समयमा सभापतिका लागि न्यौपानेको मात्र उम्मेदवारी परेको छ ।

संसदीय सुनुवाइ समिति सभापतिबाट राजीनामा दिएर उनले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी थिइन् । उनको प्रश्तावक कांग्रेस सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहेका छन् ।

न्यौपानेको मात्र उम्मेदवारी परेकोले उनी समितिको सभापतिमा निर्विरोध चयन भएकी छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनी सभापतिमा निर्वाचित भएको औपचारिक घोषणा हुनेछ ।

यसअघि कुलिङ अफ पिरियड छेड्खानी प्रकरणमा संसदीय समितिले नैतिक एवं राजनीतिक जिम्मेवार ठहर गरेपछि रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए ।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ भाद्र १०, १६: ५६

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ भाद्र १०, १६: ५६

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र १०, १६: ५६

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...