इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगर्नेलाई जरिवाना वा कारबाही हुँदैन : यातायात व्यवस्था विभाग – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगर्नेलाई जरिवाना वा कारबाही हुँदैन : यातायात व्यवस्था विभाग

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे कारबाही नहुने स्पष्ट पारेको छ ।

विभागले असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था लागू हुने भएपनि तत्काल जडान नगरे जरिवाना वा कारबाही हुने भ्रममा नपर्न विभागले स्पष्ट पारेको हो ।

विभागले मंगलबार विज्ञप्ति जारी गर्दै अघिल्लो निर्णयअनुसार असोजदेखि क्रमशः सबै सरकारी, निजी र सार्वजनिक सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रिया अघि बढाइने उल्लेख गरेको छ । तर हाललाई कुनै किसिमको दण्ड-जरिवाना नहुने र सेवाग्राहीले आफूलाई अनुकूल समयमा यातायात कार्यालयमा गई नम्बर प्लेट जडान गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ ।

विभागले इम्बोस्ड नम्बर प्लेट जडानपछि सवारीसाधनको एकीकृत विवरण व्यवस्थापन गर्न, ट्राफिक तथा सडक सुरक्षामा प्रविधिमार्फत सहयोग पुग्ने, चोरी वा आपराधिक गतिविधि नियन्त्रण हुने र विपद् व्यवस्थापनमा समेत उपयोगी हुने विश्वास व्यक्त गरेको छ ।

विभागले इम्बोस्ड नम्बर प्लेटसम्बन्धी गुणस्तर र तथ्यांक विदेश जानेजस्ता भ्रामक समाचारलाई खण्डन गर्दै सम्पूर्ण विवरण नेपालभित्रै सुरक्षित रहने व्यवस्था मिलाइएको स्पष्ट पारेको छ ।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ भाद्र १०, १७: १८

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ भाद्र १०, १७: १८

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र १०, १७: १८

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...