रुबी हत्या प्रकरणका आरोपी शरीर जलेको अवस्थामा भेटिए – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

रुबी हत्या प्रकरणका आरोपी शरीर जलेको अवस्थामा भेटिए

रौतहट : रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्षमण पासवान पक्राउ परेका छन् l शरीर जल्दै गरेको अवस्थामा प्रहरीले उनलाई फेला पारेको हो ।

बुधबार बिहान करिब ८ बजे माधवनारायण नगरपालिकाको बिसुनापुरवा- मानपुर जाने बाटोतर्फ एक फूलबारीमा जलेर घाइते भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गौरका नायब प्रहरी उपरीक्षक राजु कार्कीले बताए l

पासवानले आत्महत्या गर्ने प्रयास गरेको बुझिएको छ l उनको गरुडाको बेटर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ l

उनले आत्महत्या प्रयास गर्नुअघि करिब ९ मिनेट लामो भिडियो सन्देश पनि दिएका थिए l उनले सो भिडियोमा आफू यस्तो अवस्थामा बाँच्न नसक्ने भन्दै मर्न लागेको बताएका थिए l

गत शनिबार साँझ गौर मुडेलावा सडकखण्डमा एक सुटकेसभित्र रुबी साहको शव भेटिएको थियो l घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ भाद्र ११, ११: ५३

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ भाद्र ११, ११: ५३

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र ११, ११: ५३

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...