
काठमाडौं : नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।
सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संघीय संसद सचिवालयको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा न्यौपानेलाई शपथ ग्रहण गराएका हुन् ।
समिति सभापतिमा एकल उम्मेदवारी परेपछि न्यौपाने निर्विरोध निर्वाचित भएकी थिइन् । निवर्तमान सभापति रामहरि खतिवडाले कुलिङ अफ पिरियड सम्बन्धी विवादमा मुछिएपछि गत साउन २८ गते सभापति पदबाट राजीनामा दिएका थिए ।
रिक्त सभापतिका लागि नेपाली कांग्रेसले न्यौपानेलाई अघि सारेको थियो । न्यौपाने संविधानसभाको दुई कार्यकाल २०६४ र २०७० मा सदस्य थिइन् । न्यौपानले सभमुखसँग शपथग्रहण गरेसँगै आजै कार्यभार सम्हालिसकेकी छन् ।
काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...