
रौतहट : रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ । रौतहट प्रहरीले आरोपी पासवानलाई बुधबार बिहान शरीरमा आगो लागेको अवस्थामा फेला पारेर उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाएको थियो ।
उपचारका क्रममा बुधबार अपराह्न पासवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले मध्यान्ह दैनिकलाई जानकारी दिए ।
हत्याका आरोपी रौतहटको माधवनारायण नगरपालिका-६ माधवपुरका पासवान बिसुनपरवा-मानपुर सडकमा जलेर घाइते भएको अवस्थामा फेला परेका थिए ।
आफूलाई आगो लगाउनुअघि पासवानको एक भिडियो पनि सार्वजनिक भएको थियो । उनले रूबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए । ‘मैले नै हत्या गरेको हुँ भनेका छन्,’ रौतहट प्रहरीले भनेको थियो ।
शरीरका विभिन्न भाग जले पनि पासवान बुधबार बिहानसम्म बोल्न सक्ने अवस्थामा थिए । गत शनिबार राति साढे ९ बजे रौतहटको गौर नगरपालिका-९ गौर-सिरसिया सडकखण्डअन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा शंकास्पद सुटकेश फेला परेको थियो । भोलिपल्ट सुटकेश खोलेर हेर्दा रौतहटको माधवनारायण नगरपालिका-६ माधवपुर माइती भएकी २६ वर्षीया रूवीकुमारी साहको शव फेला परेको थियो ।
काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...