रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे प्रहरी नियन्त्रणमा – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे प्रहरी नियन्त्रणमा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य अनिरको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक जना महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पुर्जी जारी भएपछि पाँडे बुधबार साँझ साइबर ब्युरोमा उपस्थित भएका थिए । उनलाई बिहीबार म्याद थपका लागि अदालतमा लैजाने तयारी प्रहरीको छ ।

पाँडेविरुद्ध गालीगलौज तथा अपशब्द प्रयोग गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन् । पाँडे राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् ।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ भाद्र ११, २१: ३८

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ भाद्र ११, २१: ३८

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र ११, २१: ३८

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...