भदौ १८ गतेसम्म माग सुनुवाइ नभए विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको चेतावनी – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

भदौ १८ गतेसम्म माग सुनुवाइ नभए विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको चेतावनी

काठमाडौं : निजी विद्यालयका सञ्चालक संगठनहरूले भदौ १८ गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।

प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएलगायतका छाता संगठनहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालय शिक्षा विधेयक सच्याउनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सञ्चालकहरूले विधेयकमा राखिएका ‘विद्यालयलाई गैरनाफामूलक बनाउने’ र ‘आवासीय विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने’ प्रावधानलाई अस्वीकार गर्दै त्यसलाई सच्याउन सरकारसँग आग्रह गरेका छन् ।

आन्दोलनका कार्यक्रममा भदौ १२ गते देशभरका जिल्ला सदरमुकाममा खबरदारी सभा, काठमाडौंमा माइतीघर मण्डलाबाट र्‍याली र कोणसभा गर्ने, भदौ १६ गते विद्यालय बसमा कालो झण्डा र ब्यानरसहित देशव्यापी र्‍याली निकाल्ने र भदौ १८ गते सबै जिल्लामा बहुत् ठूलो खबरदारी सभा गर्ने रहेको विज्ञप्तिमा उल्लेख छ ।

माग पूरा नभए भदौ १८ गतेबाट अनिश्चितकालीन विद्यालय बन्द गर्ने उनीहरूको घोषणा छ । संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘२०८२ भदौ १८ गतेसम्म पनि हाम्रो मागको सकारात्मक सुनवाइ नभएमा अनिश्चितकालसम्मका लागि विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गर्ने ।”

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ भाद्र १२, १५: ३९

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ भाद्र १२, १५: ३९

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र १२, १५: ३९

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...