
काठमाडौंः प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
बिहीबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुसँग गरेको छलफलपछि यसबारे जानकारी गराइएको हो । प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा सदनलाई जानकारी गराउने कार्यसूचि रहेको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताए । साथै संसदको आगामी बैठक र कार्यसूचिबारे छलफल भएको छ । १३ गतेपछि १८ गते र २५,२६ र २७ भदौमा बैठक हुने सहमति भएको बताए ।
उनले भने, ‘संसदको आगामी बैठकको कार्यसूचिबारे छलफल भयो । त्यसपछि हामी १८ गतेदेखि, १८ र १९ गते र त्यो भन्दा पछाडिको कार्यक्रम कसरी गर्ने भन्नेबारेमा छलपल गरेका छौँ । भाद्र महिनाभरको कार्यतालिका कसरी लैजाने भन्नेबारेमा छलफल भएको छ । अर्को हप्ता २५,२६ र २७ गते बैठक हुन्छ ।’
काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...