
काठमाडौं : आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले पाँच दिन कैद सजाय सुनाएको छ ।
न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाएको हो ।
अदालतले तामाङसँगै अर्का प्रतिवादी शरण तिरूवालाई पनि आपराधिक उपद्रवमा दोषी ठहर गरेको हो ।
त्यस्तै अदालतले ५ सय रुपैयाँ जरिवाना, दामासाहीले ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति र पीडित राहतकोषमा जनही २०० रुपैयाँ भराउने आदेश पनि दिएको छ ।
सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा तामाङलगायतले अवरोध पुर्याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेपछि नगरपालिकाले प्रहरीमा आपराधिक उपद्रव कसुर गरेको भन्दै जाहेरी दिएको थियो ।
काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...