सदनको अवरोध हटाउन सरकार र प्रतिपक्षीबीच संवाद नहुँदा सभामुख चिन्तित – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

सदनको अवरोध हटाउन सरकार र प्रतिपक्षीबीच संवाद नहुँदा सभामुख चिन्तित

काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद केवल असहमति व्यक्त गर्ने स्थल मात्रै नभई राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि भएको बताएका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरु हुनासाथ बोल्दै उनले यस्तो बताएका हुन् । उनले भिजिट भिसा प्रकरण दुरुपयोग प्रकरणको विषयलाई लिएर संसद अवरोध गर्दै आएका दलहरु र सरकारबीच सहमतिका लागि आवश्यक छलफल र संवाद नभएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले लामो समयसम्म संसदमा असहमति राख्ने र बाहिरिने प्रवृत्ति लोकतान्त्रिक अभ्यासका लागि दीर्घकालीन रूपमा हानिकारक हुने चेतावनी समेत दिए । उनले सरकार र प्रतिपक्षी दलहरुबीच सहमति जुटाउन सम्भाव्य सबै प्रयास गर्दा पनि सहमति जुट्न नसकेको बताए ।

उनले भने, ‘भिजिट भिसा प्रकरणको छानविन लगायतका माग राखि लामो समयदेखि प्रतिपक्षी बेन्चमा रहेका माननीय सदस्यज्युहरु नियमित बैठकमा सहभागिहुनु भएको छैन । यस सम्बन्धमा सहमतिको लागि म आफैंले सम्भाव्य सबै पहल गरेकाबारे जानकार नै हुनुहुन्छ । यसका बाबजुद आज पनि म सहमतिका लागि प्रयत्नशील रहेको छु । तर सदन सुचारु बनाउन सरकार र राजनीतिक दलहरुबीच हुनुपर्ने संवाद र छलफल नभएकोमा मलाई चिन्ता लागेको छ । यसरी बैठक सुरु हुनासाथ असहमति प्रदर्शन गर्ने र बाहिरिने प्रवृत्ति संस्थागत लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासका दृष्टिले दीर्घकालीन रुपमा हानिकारक साबित हुनसक्छ भन्ने मलाई लाग्दछ । हामी भविष्यलाई के सन्देश दिइरहेका छौं भन्ने विषयमा हामी सबै सजक हुनुपर्ने आवश्यकता छ । संसद केवल असहमति व्यक्त गर्ने स्थल मात्रै होइन । राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि हो ।’

भिजिट भिसा प्रकरण दुरुपयोग प्रकरणको निष्पक्ष छानविन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सभाको बैठक बहिस्कार गर्दै आएका छन् ।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ भाद्र १३, १३: ४५

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ भाद्र १३, १३: ४५

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र १३, १३: ४५

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...