प्रधानमन्त्री ओली चीन प्रस्थान – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

प्रधानमन्त्री ओली चीन प्रस्थान


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन्।

सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली बिहान ७ बजे त्यसतर्फ प्रस्थान गरेका हुन्।

उनलाई बिदाइ गर्न उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा विमानस्थल पुगेका थिए।

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा नेपाली सेनाको टुकडीले गार्ड अफ अनर प्रदान गरेको थियो।

पाँच दिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। चिनियाँ उपराष्ट्रपति हान चङ्गसँग भेट गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओली भदौ १६ गते थियानजिनमा हुने एससिओ प्लस शिखर सम्मेलनमा नेपालको सहभागिता हुनेछन्। सम्मेलनमा उनले सम्बोधन पनि गर्नेछन्।

एससिओ शिखर सम्मेलनका दौरान प्रधानमन्त्री ओलीले विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका पनि रहेको छ।

सोही दिन प्रधानमन्त्री ओली बेइजिङ्ग जाने कार्यक्रम छ।

रूसी राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता समेत हुनेछ।

अन्तिम कार्यक्रमको रुपमा विश्वका नेताहरुसँगै नेपालको प्रतिनिधि मण्डल पनि आगामी भदौ १८ गत चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवाद विरुद्धको विश्वयुद्ध र जापान विरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुने कार्यक्रम छ।

सो कार्यक्रममा ५० भन्दा बढी देशले यी कार्यक्रममा सहभागिता जनाउनेछ।

भ्रमण दलमा राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छबिलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी छन्।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ भाद्र १४, ०७: ४०

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ भाद्र १४, ०७: ४०

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र १४, ०७: ४०

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...