‘हैजा नियन्त्रणका लागि सामूहिक प्रयास जरुरी’ – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

‘हैजा नियन्त्रणका लागि सामूहिक प्रयास जरुरी’

पर्सा : गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा हैजाको प्रकोप देखिएकाले मानवको ज्यान जोगाउनका लागि अधिकतम प्रयास गर्ने बताएका छन् ।

पर्साको वीरगञ्जमा हैजाको प्रकोप देखिएसँगै शनिवार राति झाडापखाला र हैजाका बिरामीको स्थितिबारे बुझ्नका लागि आफू नारायणी अस्पतालमा आइपुगेको बताए ।

“अहिले हैजाको प्रकोप देखिएकाले सरकारले नागरिकको जिउ ज्यान जोगाउन जेजति काम गर्नुपर्ने हो । सोहीअनुसार काम गर्नका लागि तयारी अवस्थामा रहेका छौँ”, उनले भने, “औषधिको कमी हुन दिनेछैनौँ । चिकित्सकको पनि कमी हुन दिनेछैनौँ ।”

गृहमन्त्री लेखकले उपचारका लागि आवश्यक पर्ने नर्सिङ स्टाफ र अन्य जनशक्तिका लागि पनि आवश्यक समन्वय र सहजीकरण गर्ने बताए । “हैजाको जुन प्रकोप देखिएको छ, सोको नियन्त्रण गर्नेतर्फ अग्रसर भइरहेका छौँ”, उनले भने । अहिले सबैतिर हैजा भाइरसको विषयमा आवश्यक सहजीकरण र समन्वय गर्नका लागि सहयोगी भूमिका निर्वाह गर्नुपर्नेछ ।

शनिबार राति नारायणी अस्पताल वीरगञ्जका हैजा प्रभावित बिरामी र उनीहरूका आफन्तसँग भेटघाटपछि गृहमन्त्री लेखकले अस्पतालमा भर्ना भएका बिरामी निको हुँदै गएको बताए । “अस्पतालसँग जेजति स्रोतसाधन रहेको छ । सोहीअनुसारको उपचार कार्य भइरहेको छ”, उनले भने, “अहिले हैजाका बिरामीको सङ्ख्या घट्ने क्रम छ ।”

गृहमन्त्री लेखकले अस्पतालमा उपचार गराएर फर्किने बिरामीको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भइरहेको बताए ।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ भाद्र १५, ११: ४४

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ भाद्र १५, ११: ४४

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र १५, ११: ४४

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...