
रुपन्देही : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर–३ को आगामी उपनिर्वाचनका लागि वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गरेको छ ।
आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उपसभापति डिपी अर्यालले थापाको नाम सार्वजनिक गरेका हुन् । पार्टी सचिवालय बैठक र प्राइमरी इलेक्सनको प्रक्रियामार्फत नौ जना आकांक्षीमध्येबाट थापा चयन भएको रास्वपाले जनाएको छ ।
थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए । भदौ १२ गते बिहानदेखि साँझसम्म भएको अनलाइन मतदानमा सबैभन्दा बढी मत पाएका थापालाई उम्मेदवार घोषणा गरिएको हो ।
निर्वाचन आयोगले रुपन्देही–३ र मनाङमा आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने घोषणा गरेको छ ।
काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...