
काठमाडौं : संघीय निजामती सेवा विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित गरिएको छ ।
राष्ट्रिय सभाको मंगलबारको बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । यसअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामती विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिन् ।
विधेयकमाथिको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री न्यौपानेले संघीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न संघीय निजामती सेवा ऐन महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् । उनले प्रशासनिक संघीयता बलियो नगरी संघीयतालाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै उक्त ऐन लागू भएपछि कर्मचारी प्रशासन व्यवस्थित र प्रभावकारी हुने बताइन् ।
लामो समयसम्म कर्मचारी व्यवस्थापनमा देखिएको समस्याले संघीयतालाई व्यवहारमा उतार्न अवरोध गरेको भन्दै यो ऐनले ती समस्याहरुको समाधान गर्ने पनि बताइन् । संघीयताको मर्मअनुसार कर्मचारी व्यवस्थापन गर्दै सुशासनमुखी संयन्त्र विकास गर्नुपर्ने उनको भनाइ छ ।
काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...