तराई–मधेसमा बढे सर्पदंशका घटना – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

तराई–मधेसमा बढे सर्पदंशका घटना

काठमाडौंः तराई–मधेसका जिल्लाहरुमा सर्पदंशका घटना बढ्दै गएका छन् ।

सर्पदंशका बिरामीको संख्या दैनिक रुपमा बढ्दै गएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । दैनिक पाँच/छ जना सर्पदंश बिरामीहरु अस्पताल आउने गरेको प्रादेशिक अस्पताल जनकपुरका आपतकालिन सेवा कक्ष प्रमुख उज्वल झाले जानकारी दिए ।

उनकाअनुसार २०८० चैतदेखि हालसम्म एक हजार एक सय १५ जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन् । तीमध्ये ६० जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको छ । यद्यपि समयमै अस्पताल पुग्ने गरेका कारण सर्पदंशका कारण हुने मृत्युदरमा कमी आएको उनको भनाइ छ । हालसम्म प्रादेशिक अस्पतालमा सर्पदंशका कारण सात जनाको मुत्यु भएको झाले जानकारी दिए ।

वर्षा र गर्मीको समयमा सचेत रहन तथा सर्पले टोकिहाले नजिकैको स्वास्थ्य संस्थामा पुग्न स्वास्थ्यकर्मीको आग्रह छ ।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ भाद्र १८, १३: ११

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ भाद्र १८, १३: ११

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र १८, १३: ११

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...