कृषिमन्त्री अधिकारी र विश्व खाद्य कार्यक्रम नेपालका प्रतिनिधि रियाज लोधीबीच भेटवार्ता – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

कृषिमन्त्री अधिकारी र विश्व खाद्य कार्यक्रम नेपालका प्रतिनिधि रियाज लोधीबीच भेटवार्ता

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) नेपालका प्रतिनिधि रियाज लोधीले भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित कृषि मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले खाद्य अधिकारलाई नेपालको संविधानले मौलिक हकमा राखेको उल्लेख गर्दे नेपालको खाद्य अधिकार र पोषणको क्षेत्रमा कार्यक्रममार्फत हुँदै आएको सहयोग सराहनीय रहेको र आगामी दिनमा थप प्राथामिकता तय गरी मन्त्रालय र कार्यक्रमबीच सहकार्य गर्न सकिने बताए ।

मन्त्री अधिकारीले भने, ‘प्रत्येक नागरिकले स्वस्थ र पोषणयुक्त खाना खान पाउनुपर्ने नैसर्गिक अधिकारको सुनिश्चतताका लागि खाद्य पदार्थको नियमित उपलब्धता र पहुँच सुनिश्चत गर्न विश्व खाद्य कार्यक्रमले गरेको सहयोग निरन्तर हुनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’

सोह्रौं पञ्चवर्षीय योजना, कृषि विकास रणनीति २०७२–९२, राष्ट्रिय पोषण रणनीति २०७७ लगायतका नीतिगत दस्तावेजमा खाद्य पदार्थमा पौष्टिक तत्व स्तरोन्नति गर्ने तथा स्थानीय रैथाने खानेकुराको प्रवर्धन गर्ने विषयलाई प्राथमिकताका साथ समेटेको उल्लेख गर्दे मन्त्री अधिकारीले यसको कार्यन्वयनका लागि पनि मन्त्रालय र मातहतका निकायमा विश्व खाद्य कार्यक्रमको निरन्तर सहयोग आवश्यक रहेको बताए ।

भेटमा डब्लुएफपीका प्रतिनिधि लोधीले नेपालको खाद्य तथा पोषणका क्षेत्रमा कार्यक्रममार्फत लामो समयदेखि सहकार्य हुँदै आएको र आगामी दिनमा मन्त्रलयले लिएको लक्ष्य प्राप्तिमा पनि कार्यक्रमले निरन्तर सहयोग गर्ने बताए । जलवायु परिवर्तनका कारण कृषि खाद्य र पोषणका क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्ने सन्दर्भमा मन्त्रालयको प्राथामिकताका आधारमा सहयोग अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । विश्व खाद्य कार्यक्रमले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुसँगको सहकार्यमा सरकारलाई कार्यक्रम कार्यन्वयनका लागि सहयोग गरिरहेको र मन्त्रालयले यस्ता क्षेत्रहरु तय गरेकमा कार्यक्रमा मार्फत थप सहयोग र सहकार्य हुन सक्ने प्रतिनिधि लोधीले बताए ।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ भाद्र १८, १३: २५

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ भाद्र १८, १३: २५

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ भाद्र १८, १३: २५

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...