जनताले हिसाब राखेका छन्, २०८४ मा यो लोकतन्त्र जुरुक्क उठ्ने छ : रास्वपा – Naya Bikalpa
June 10, 2026, Wednesday      Epaper

जनताले हिसाब राखेका छन्, २०८४ मा यो लोकतन्त्र जुरुक्क उठ्ने छ : रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकारको अराजक, असहिष्णु र कर्कस शैलीका कारण लोकतन्त्र कमजोर बन्दै गएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले आफूहरू ९५ दिनदेखि निरन्तर आन्दोलनरत रहे पनि सत्तापक्षले सुन्न नचाहेको भन्दै आपत्ति जनाए ।

उनले पार्टीका नेताहरुका डिपफेक भ्वाइस रेकर्डहरु प्रयोग गरेर चरित्र हत्या गर्ने प्रवृत्ति बढेकोप्रति पनि संसदको ध्यानाकर्षण गराए । उनले संवैधानिक आयोगहरू दलगत प्रभावमा परेर निष्क्रिय पारेको आरोप पनि लगाए ।

उनले भने, ‘हामी विगत ९५ दिनदेखि आन्दोलित छौं । हामी आन्दोलित हुँदैगर्दा सत्तापक्षले सुन्दैन । अझ सत्तापक्षका सांसदहरुले हाम्रो प्रतिवाद गर्न घण्टौं समय खेर फालिरहेको छ । कर्कस, अराजक, असहिष्णु सैलीसँग हामीमाथि मिथ्या आरोपहरु लाइरहनु भएको छ । यो सदनभित्र सिर्जनात्मक बहस गर्ने हामीहरुमाथि र हाम्रा बहसहरु सुन्न नसकेर डीपफेक भ्वाइस रेकर्डहरु समेत बाहिर छरपस्ट पार्न थालिएको छ । म यो शैली र चरित्रको निन्दा गर्न चाहान्छु । यो शैलीले लोकतन्त्र बलियो बन्दैन । आज दलीयकरणका कारणले लोकतन्त्रमाथि छाँया परेको छ । त्यसकारण लोकतन्त्र माथि उठ्न सकेको छैन ।  जनताले हिसाब राखेका छन् । २०८४ मा यो लोकतन्त्र जुरुक्क उठ्ने छ । ०८४ अख्तियार पनि जुरुक्क उठेर काम गर्न थाल्छ । दलीयकरणमार्फत कब्जा गरिएका संवैधानिक आयोगहरु २०८४ पछि उठेर काम गर्न थाल्छन् ।’

२०८४ मा जनताले लोकतन्त्र सक्रिय बनाउनका लागि आवश्यक निर्णय गर्ने उनको जिकिर छ ।

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०८२ भाद्र १८, १३: ४२

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०८२ भाद्र १८, १३: ४२

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०८२ भाद्र १८, १३: ४२

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...