
काठमाडौं : प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा बढुवा भएका भोलानाथ थापालाई पदोन्नति भएको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उपरथीको दर्ज्यानी प्राप्त गरेका थापालाई निरीक्षणाधिकृतमा नियुक्त गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सोही अवसरमा प्रधानसेनापति सिग्देलले सहायक रथीमा पदोन्नति भएका प्राविधिक महासेनानी विश्वबन्धु पहाडीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरे ।
काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...