एसिया कप छनोट: नेपाल भियतनामसँग पराजित – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

एसिया कप छनोट: नेपाल भियतनामसँग पराजित

काठमाडौं।  एएफसी एसिया कप २०२७ को छनोटको तेस्रो चरणको खेलमा नेपाल भियतनामसँग ३-१ ले पराजित भएको छ।पहिलो हाफ १-१ गोलको बराबरी भए पनि दोस्रो हाफमा १० खेलाडीमा समेटिएको नेपालविरुद्ध भियतनामले २ गोल थप्न सफल भयो।खेलको नवौं मिनेटमै भियतनामले ताइन लिन्हको गोलमार्फत नेपालविरुद्ध सुरुवाती अग्रता लिएको थियो। तर, नेपालले खेलमा फर्किँदै खेल बराबरीमा ल्यायो। नेपाललका लागि १७ औँ मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै खेल बराबरीमा ल्याए।पहिलो हाफमै भियतनामले दबाब बढाउँदै २५ औँ मिनेटमा गोल गरेको भए पनि उक्त गोललाई अफसाइड घोषित गरियो। सोही समयमा नेपालका प्रशिक्षक म्याट रोसले पहेंलो कार्डसमेत पाए।

पहिलो हाफमै गोल फर्काए पनि अतिरिक्त समयमा नेपाल १० खेलाडीमा समेटिँदा दोस्रो हाफमा नेपाली टोली दबाबमा परेको थियो। नेपालका लागि लकेन लिम्बु पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए।

दोस्रो हाफमा सुरुवातबाटै १० खेलाडीमा समेटिएको नेपालविरुद्ध दबाब बढाउँदै भियतनामले ६७ र ७२ औँ मिनेटमा गोल गर्दै नेपालविरुद्ध सहज जितको बाटो तय गरेको थियो।

सम्बन्धित समाचार

नेपाल दक्षिण अफ्रिकासँग पराजित
नेपाल दक्षिण अफ्रिकासँग पराजित
  • २०८२ आश्विन २४, १२: ०७

काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...

हङकङ सिक्सेसः नेपाल अफगानिस्तानसँग पराजित
हङकङ सिक्सेसः नेपाल अफगानिस्तानसँग पराजित
  • २०८२ आश्विन २४, १२: ०७

काठमाडौं : हङकङमा आजदेखि सुरु भएको हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । हङकङको मोङ कोकस्थित मिसन...

काभा यू–१९ महिला भलिबल : नेपालको लगातार दोस्रो जित
काभा यू–१९ महिला भलिबल : नेपालको लगातार दोस्रो जित
  • २०८२ आश्विन २४, १२: ०७

काठमाडौं । श्रीलंकाको कोलम्बोमा जारी सेन्ट्रल एसियन भलिबल संघ (काभा) यू–१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ...