
काठमाडौं। एएफसी एसिया कप २०२७ को छनोटको तेस्रो चरणको खेलमा नेपाल भियतनामसँग ३-१ ले पराजित भएको छ।पहिलो हाफ १-१ गोलको बराबरी भए पनि दोस्रो हाफमा १० खेलाडीमा समेटिएको नेपालविरुद्ध भियतनामले २ गोल थप्न सफल भयो।खेलको नवौं मिनेटमै भियतनामले ताइन लिन्हको गोलमार्फत नेपालविरुद्ध सुरुवाती अग्रता लिएको थियो। तर, नेपालले खेलमा फर्किँदै खेल बराबरीमा ल्यायो। नेपाललका लागि १७ औँ मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै खेल बराबरीमा ल्याए।पहिलो हाफमै भियतनामले दबाब बढाउँदै २५ औँ मिनेटमा गोल गरेको भए पनि उक्त गोललाई अफसाइड घोषित गरियो। सोही समयमा नेपालका प्रशिक्षक म्याट रोसले पहेंलो कार्डसमेत पाए।
पहिलो हाफमै गोल फर्काए पनि अतिरिक्त समयमा नेपाल १० खेलाडीमा समेटिँदा दोस्रो हाफमा नेपाली टोली दबाबमा परेको थियो। नेपालका लागि लकेन लिम्बु पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए।
दोस्रो हाफमा सुरुवातबाटै १० खेलाडीमा समेटिएको नेपालविरुद्ध दबाब बढाउँदै भियतनामले ६७ र ७२ औँ मिनेटमा गोल गर्दै नेपालविरुद्ध सहज जितको बाटो तय गरेको थियो।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...