
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा बसेको सर्वदलीय बैठक जारी छ ।
शुक्रबार अपराह्न शीतल निवासमा बसेको सर्वदलीय बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनबारे छलफल भएको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत संसद विघटन हुनुअघिको संसदमा प्रतनिधित्व गर्ने राजनीतिक दलहरुका दोस्रो तहका नेताहरु सहभागी छन् ।
नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन लगायतका नेताहरु उपस्थित छन् ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको आग्रहमा राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गरेका थिए ।
अन्तरिम सरकारले फागुन २१ गते निर्वाचनको मिति तोकेको छ । तर नेकपा एमालेले संसद पुनः स्थापना गर्नुपर्ने माग राखेको छ भने नेपाली कांग्रेस पनि त्यसमा सहमत छ । बैठकमा राजनीतिक दलका शीर्ष नेताहरु भने उपस्थित छैनन् ।
काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...
काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...
काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...