सुनको मूल्य तोलामा तीन हजारले वृद्धि – Naya Bikalpa
October 14, 2025, Tuesday      Epaper

सुनको मूल्य तोलामा तीन हजारले वृद्धि

काठमाडौँ : गत शुक्रवारको तुलनामा सुनको मूल्य तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि ४० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार दुई लाख ३५ हजारमा कारोबार भएको सुन आज तीन हजारले बढेर दुई लाख ३८ हजार कायम भएको छ । सोही दिन एक तोला चाँदी तीन हजार ८५ मा खरिदबिक्री भएको आज सोही परिमाणको चाँदी तीन हजार १२५ मा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सम्बन्धित समाचार

दुई हजार चार सय ५१ सैन्य दीक्षित
दुई हजार चार सय ५१ सैन्य दीक्षित
  • २०८२ आश्विन २६, ११: ३४

काठमाडौँ ।  हेटौँडास्थित नेपाली सेनाको गोरखबहादुर गणमा सञ्चालित सिसं १८ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन तथा पुरस्कार वितरण...

हमासद्वारा विपिन जोशीको मृत्यु भइसकेको पुष्टि, शव आजै इजरायललाई बुझाउने
हमासद्वारा विपिन जोशीको मृत्यु भइसकेको पुष्टि, शव आजै इजरायललाई बुझाउने
  • २०८२ आश्विन २६, ११: ३४

काठमाडौं : प्यालेस्टाइनी समूह हमासले गाजामा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको छ ।...

विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय
विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय
  • २०८२ आश्विन २६, ११: ३४

काठमाडौं : विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ...