प्रहरीलाई स्रोत, साधन उपलब्ध गराउन सरकारले तत्काल आवश्यक कदम अघि बढाउँछ : गृहमन्त्री – Naya Bikalpa
October 17, 2025, Friday      Epaper

प्रहरीलाई स्रोत, साधन उपलब्ध गराउन सरकारले तत्काल आवश्यक कदम अघि बढाउँछ : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई पर्याप्त स्रोत, साधन उपलब्ध नभए आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउने कार्य प्रभावित हुनेमा सरकार सतर्क रहेको बताएका छन् ।

शुक्रबार ७०औं प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले प्रहरीलाई साधन, स्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्ने बताए ।

उनले सरकारले प्रहरीलाई स्रोत, साधन उपलब्ध गराउन तत्काल आवश्यक कदम अघि बढाउने बताए । नेपाल प्रहरी कानुन कार्यान्वयनमा अग्रपंक्तिमा रहने र सरकारप्रतिको धारणा र प्रतिक्रियामा समेत निशानामा पर्ने संगठन रहेको उनले बताए ।

उनले गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिविम्ब भएको जिकिर गरे । जेनजी आन्दोलनका क्रममा प्रहरीका सांगठनिकदेखि व्यक्तिगत सामानहरु पनि लुटपाट र आगजनी भएको र स्रोत साधनको अभाव रहेका कारण प्रहरी संगठनका साथै आम नागरिकमा समेत यसको प्रत्यक्ष प्रभाव परेको उनले बताए ।

गृहमन्त्री अर्यालले बढ्दो प्रविधिसँगै नयाँ प्रकृतिका अपराधका गतिविधि मौलाएको बताए । यसले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ थियो । नेपाल प्रहरीलाई साधन, स्रोतले सुसज्जित बनाइ देश र नागरिक सुरक्षा सुदृढ बनाउनु गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको उनले बताए ।

सम्बन्धित समाचार

नेपाल अपराजित रहँदै टी-२० विश्वकप छनोट च्याम्पियन
नेपाल अपराजित रहँदै टी-२० विश्वकप छनोट च्याम्पियन
  • २०८२ आश्विन ३१, ११: ५३

काठमाडौं : नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको उपाधि हात पारेको छ । शुक्रबार भएको अन्तिम खेलमा...

११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने एमालेको निर्णय
११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने एमालेको निर्णय
  • २०८२ आश्विन ३१, ११: ५३

काठमाडौं : नेकपा एमालेले पार्टीको ११औं महाधिवेशन अगामी मंसिर २७ देखि २९ गतेसम्म कास्कीको पोखरामा गर्ने निर्णय गरेको छ । शुक्रबार...

सरकारको प्रमुख प्राथमिकता निर्वाचन सम्पन्न गराउनु होः प्रधानमन्त्री कार्की
सरकारको प्रमुख प्राथमिकता निर्वाचन सम्पन्न गराउनु होः प्रधानमन्त्री कार्की
  • २०८२ आश्विन ३१, ११: ५३

काठमाडौंः प्रधानमन्त्री सुशील कार्कीले वर्तमान सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु रहेको बताएकी छन् । शुक्रवार अपरान्ह सिंहदरवारमा...