११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने एमालेको निर्णय – Naya Bikalpa
October 17, 2025, Friday      Epaper

११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने एमालेको निर्णय

काठमाडौं : नेकपा एमालेले पार्टीको ११औं महाधिवेशन अगामी मंसिर २७ देखि २९ गतेसम्म कास्कीको पोखरामा गर्ने निर्णय गरेको छ ।

शुक्रबार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए । उनकाअनुसार बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहित प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन समेत सुझावसहित पारित गरिएको छ ।

उनले जेनजी पुस्ताले अघि सारेका मागहरु पूरा गर्न प्रतिनिधि सभा पुनर्स्थापनको मुद्दालाई अघि बढाउने निर्णय गरिएको पनि बताए । उनले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेका कारण पनि एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा उभिएको जिकिर गरे ।

सरकारले मुठभेडको वातावरण बनाइरहेको, नेताहरूको चरित्र हत्या गरेको, सन्देहस्पाद पात्रहरू दलका नेतालाई भौतिक हमला गर्न खोजिरहेको र चुनावी परिणाम पनि नस्वीकार्ने चेतावनी दिइरहेको अवस्थामा निर्वाधपूर्वक मतदान हुन नसक्ने गौतमको जिकिर छ ।

एमालेले निर्वाचन पनि नहुने र प्रतिनिधि सभा पनि पुनर्स्थापना हुन नसक्ने अवस्थामा देश भयंकर राजनीतिक अस्थिरता र अराजकतातिर जाने जोखिम रहेको पनि निष्कर्ष निकालेको छ ।

सम्बन्धित समाचार

नेपाल अपराजित रहँदै टी-२० विश्वकप छनोट च्याम्पियन
नेपाल अपराजित रहँदै टी-२० विश्वकप छनोट च्याम्पियन
  • २०८२ आश्विन ३१, १९: १९

काठमाडौं : नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको उपाधि हात पारेको छ । शुक्रबार भएको अन्तिम खेलमा...

सरकारको प्रमुख प्राथमिकता निर्वाचन सम्पन्न गराउनु होः प्रधानमन्त्री कार्की
सरकारको प्रमुख प्राथमिकता निर्वाचन सम्पन्न गराउनु होः प्रधानमन्त्री कार्की
  • २०८२ आश्विन ३१, १९: १९

काठमाडौंः प्रधानमन्त्री सुशील कार्कीले वर्तमान सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु रहेको बताएकी छन् । शुक्रवार अपरान्ह सिंहदरवारमा...

सेनाको तथ्यांक : जेनजी आन्दोलनमा २२ प्रदर्शनकारीको मृत्यु
सेनाको तथ्यांक : जेनजी आन्दोलनमा २२ प्रदर्शनकारीको मृत्यु
  • २०८२ आश्विन ३१, १९: १९

काठमाडौं : नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने ७६ जनामध्ये २२ जना प्रदर्शनकारी रहेको...