हुलास र अशोक स्टिलले तिर्न थाले डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुल बक्यौता – Naya Bikalpa
October 17, 2025, Friday      Epaper

हुलास र अशोक स्टिलले तिर्न थाले डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुल बक्यौता

काठमाडौं : डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टिल इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेको छ ।

उद्योगले २०७२ साल माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको कूल रु १४ करोड १२ लाख बक्यौता रकमलाई प्रतिकिस्ता रु ५० लाख ४३ हजारको एक मासिक किस्ता हुनेगरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको छ । उद्योगले शुक्रबार पहिलो किस्ता बुझाएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

यसैगरी, रु १७ करोड ५८ लाख बक्यौता रहेको सिमराकै अर्को अशोक स्टिलले पनि पहिलो किस्ता बुझाएको छ । अशोकले २८ किस्ताको सुविधा लिइ रु ६३ लाख बुझाएको हो ।

सम्बन्धित समाचार

नेपाल अपराजित रहँदै टी-२० विश्वकप छनोट च्याम्पियन
नेपाल अपराजित रहँदै टी-२० विश्वकप छनोट च्याम्पियन
  • २०८२ आश्विन ३१, १४: ४२

काठमाडौं : नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको उपाधि हात पारेको छ । शुक्रबार भएको अन्तिम खेलमा...

११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने एमालेको निर्णय
११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने एमालेको निर्णय
  • २०८२ आश्विन ३१, १४: ४२

काठमाडौं : नेकपा एमालेले पार्टीको ११औं महाधिवेशन अगामी मंसिर २७ देखि २९ गतेसम्म कास्कीको पोखरामा गर्ने निर्णय गरेको छ । शुक्रबार...

सरकारको प्रमुख प्राथमिकता निर्वाचन सम्पन्न गराउनु होः प्रधानमन्त्री कार्की
सरकारको प्रमुख प्राथमिकता निर्वाचन सम्पन्न गराउनु होः प्रधानमन्त्री कार्की
  • २०८२ आश्विन ३१, १४: ४२

काठमाडौंः प्रधानमन्त्री सुशील कार्कीले वर्तमान सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु रहेको बताएकी छन् । शुक्रवार अपरान्ह सिंहदरवारमा...