काठमाडौं : नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको उपाधि हात पारेको छ । शुक्रबार भएको अन्तिम खेलमा सामोआमाथि १२४ रनको फराकिलो जित निकाल्दै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो ।
यसअघि नै विश्वकपका लागि छनोट पक्का गरिसकेको नेपाल सुपर सिक्स चरणको अन्तिम खेल जित्दै १० अंकसहित शीर्ष स्थानमा रह्यो । ओमान ८ अंकसहित दोस्रो र युएई ६ अंकसहित तेस्रो भयो । यी तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपका लागि टिकट काटिसकेका छन् ।
अल एमिरेट क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको सामोआले नेपालको ब्याटिङ रोक्न सकेन । नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २११ रनको विशाल योगफल तयार पार्यो ।
ओपनर आसिफ शेखले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रनको पारी खेले । दीपेन्द्रसिंह ऐरीले ३३ बलमा २ चौका र ४ छक्कासहित ५३ रन थपे । अन्त्यतिर लोकेश बमले ११ बलमा विस्फोटक ३९ रन बनाए भने कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे ।
२१२ रनको लक्ष्य पछ्याउने क्रममा सामोया २० ओभरमा ७ विकेट गुमाएर ८७ रनमै रोकियो ।
नेपालका लागि ललित राजवंशी सर्वाधिक सफल बलर बने । उनले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले समान १–१ विकेट हात पारे । सामोआका सिन सोलियाले सर्वाधिक ४० रन बनाए । नेपाल समूह चरणमा कुवेत र जापानलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको थियो ।
काठमाडौं : नेकपा एमालेले पार्टीको ११औं महाधिवेशन अगामी मंसिर २७ देखि २९ गतेसम्म कास्कीको पोखरामा गर्ने निर्णय गरेको छ । शुक्रबार...
काठमाडौंः प्रधानमन्त्री सुशील कार्कीले वर्तमान सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु रहेको बताएकी छन् । शुक्रवार अपरान्ह सिंहदरवारमा...
काठमाडौं : नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने ७६ जनामध्ये २२ जना प्रदर्शनकारी रहेको...